सोल
उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ प्योङयाङमा करिब ५० दिनपछि देखिएकी छन् । उनी करिब डेढ महिनासम्म यस्ता कुनै सार्वजनिक कार्यक्रममा देखिएकी थीनन् । केही वर्षदेखि उत्तर कोरियाली शासनमा निकै शक्तिशाली स्थानमा रहेकी उनी सार्वजनिक रुपमा नदेखिएपछि उनीबारे अनेक अड्कलबाजी गरिएको थियो ।
केही दक्षिण कोरियाली सञ्चारमाध्यमले किम यो–जोङलाई उनका दाजु किम जोङ उनले अमेरिकासँगको परमाणु शिखर वार्ता असफल भएपनि सार्वजनिक जीवनबाट छाढा रहन आदेश दिएको उल्लेख गरेका थिए । यद्यपि उनी बाहिर देखिएपछि यी अट्कलबाजी गलत भएको पुष्टि भएको छ ।
उनी किम, उनकी पत्नी र उच्च अधिकारीसँगै बसेर ताली बजाउँर्द सांगीतिक कार्यक्रमको आनन्द लीरहेको अवस्थामा देखिएकी छन् । यस अघि उत्तर कोरियाका अर्का अधिकारी किम योङ–चोल पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको तस्बिर बाहिर आएको थियो । उनलाई पनि अमेरिकासँगको शिखर वार्ता असफल भएपछि कडा श्रम सजाय दीएको खबर बाहिर आएको थियो ।