काठमाडौं
नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्य सूची अनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको हो।
निगमले अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ । खाना पकाउने ग्यासको मूल्यसमेत यतावत रहेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए । बुधबार मूल्य समायोजन भएसँगै पेट्रोलको मूल्य ११० रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए।