बर्दियामा हावाहुरीले तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति

समाचार
शेयर गर्नु होला

राजापुर

बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ। राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ। सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।

घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भैरहेको उनले जानकारी दिए। करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ। हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन्।

हावाहुरीेले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पुर्याएको छ। हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ।

हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ। टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *