बेलायती प्रधानमन्त्रीद्वारा पार्टीको संसदीय दलको नेताबाट राजीनामा

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

लण्डन

बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गरेकी छन। प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थीइन्। मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन्।

युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) का बारेमा संसदमा प्रस्ताव ल्याएपनि त्यो पारित हुन नसकेपछि उनले राजीनामा दिन लागेकी हुन्। ब्रेक्जीटका बारेको अन्यौल कायमै रहने देखिएका कारण पनि बेलायतकी प्रधानमन्त्री थेरेसा मेले करिब दुई हप्ता अगाडि नै आफू सरकारबाट हट्ने घोषणा गरेकी थीइन्।

ब्रेक्जीटका बारेमा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि प्रधानमन्त्री मेले दलको नेतृत्वका साथै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। ब्रेक्जीट सम्झौतामा सफलता पाउन नसकेकामा आफूलाई धेरै दुःख लागेको र यो विषयले सधैँ पश्ताचाप भएको उनले बताएकी थीइन्।

प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजीनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको शुरूवातका रूपमा हेरिएको थियो। अर्को नेतृत्व नआउदासम्म प्रधानमन्त्री मेले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्नेछन्। आजैबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू हुनेछ। नेतृत्वको लागि हुने प्रतिस्पर्धा आगामी केही हप्ता लाग्ने अनुमान गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *