ज्ञानेन्द्र शाहीलाई रिहा गर्ने सर्वोच्चको आदेश

समाचार
शेयर गर्नु होला

काठमाडौं 

पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेको ज्ञानेन्द्र शाही रिहा भएका छन् । शुक्रबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै शाहीलाई रिहा गर्ने आदेश दिएको हो ।

भ्रष्टाचारविरुद्ध अभियान चलाईरहेका शाहीले पत्रकारहरु आफ्नो पत्रकार सम्मेलनमा नाअेको भन्दै ‘दलाल र कुकुर’ गाली गरेका थिए । युट्युबहरुमा अन्तवार्ता दिँदै आएका उनी आफूले गरेको पत्रकार सम्मेलनमा नाअेका पत्रकारहरुमाथि खनिएपछि उनी पत्रकारहरुको उजुरीका आधारमा गत हप्ता सुर्खेतबाट पक्राउ परेका थिए ।

साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई सुर्खेत प्रहरीले हिरासतमा यातना दिएको आरोप लागेको थियो । प्रहरीको यातनाबाट घाइते भएको भन्दै केही दिन वीर अस्पतालमा भर्ना गरिएका शाहीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *