नाकको डाँडी भाँच्ने शब्द फिर्ता लिदै मेयर चौधरीले भने ‘संचार जगतलाई पुगेको चोटप्रति दुःखी छु’

समाचार
शेयर गर्नु होला

काठमान्डौ

इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारको नाकको डाँडी भाच्ने भनाइ आवेग जन्य भन्दै संचार जगतलाई पुगेको चोटप्रति दुःख व्यक्त गरेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संचार जगतलाई आघात पार्ने आफ्नो मनसाय नभएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको रहेको जनाए ।

उनले आफू उद्धण्ड नभएको दाबी गरेका छन् । ‘प्रेस जगतको भूमिकाविना नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु सम्भव हुने थिएनन् । यति गौरवशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुई मत नहोला,’ विज्ञप्तिमा भनिएको छ ।

मेयरले धम्की दिएपछि नेपाल पत्रकार महासंघ सुनसरी शाखाले उपमहानगरपालिकाको कार्यक्रम बहिष्कार गर्ने निर्णय गर्दै प्रेसप्रतिको दृष्टिकोण स्पष्ट पार्न माग गरेको थियो । महासंघले सुरक्षाको माग गर्दै प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

उनले भ्रष्ट्राचारविरुद्धको शून्य सहनशिलताको अभियानमा रहेको उल्लेख गर्दै त्यसमा सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको बताएका छन् । परिर्वतन र सम्वृद्धिको यो यात्रामा सबैपक्षलाई सामेल भैदिन उनले अनुरोध गरेका छन् ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *