देव का देव महादेव

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

देव का  देव

महादेवलाइ देवको पनि देव पनि भनिन्छ। उनलाई भोलेनाथ, शंकर, महेश, रुद्र, नीलकंठको नामले पनि जानिन्छ। त्यही तंत्र साधनामा उनलाइ भैरवको नामले जानिन्छ। शिव हिन्दू धर्मको प्रमुख देवताहरु मध्यमा एक हुन। वेदहरुमा शिवलाइ रुद्र भनिन्छ। शिवलाइ व्यक्तिको चेतनाको सूत्रधार मानिन्छ । शिवको पत्‍नी पार्वती हुन जुन शक्तिको रूप मानिन्छिन। कार्तिकेय र गणेश शिवका दुईटा पुत्र हुन, र अशोक सुंदरी उनकि पुत्रि हुन। शिवलाई धेरै जसो योगीको रूपमा दिखायेको हुन्छ। उनको पूजा शिवलिंग तथा मूर्ति दुइटै रूपमा गरिन्छ। शिवको घाटिमा नाग देवता विराजित रहन्छ र हाथमा डमरू र त्रिशूल लिएका हुन्छ । कैलाश उनको निवास स्‍थान हो। शैव मतको अनुसार शिव संग शक्ति सर्व पूजित हुन ।

संहारक

जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यहि उनलाइ संहारको देवता पनि मानिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ। सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन। त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन्।

पूजा विधि

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *