गायन रियालिटी प्रतियोगिता लिटिल च्याम्पमा तेस्रो भए प्रितम आचार्य

समाचार
शेयर गर्नु होला

काठमाडौं 

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा प्रतिष्पर्धा गरेका प्रितम आचार्य तेस्रो भए भने आयुष केसी चौथो भए। फाइनलमा ६ जना पुगेका थिए। कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली तथा भारतीय दर्शकको मन छोएको छ।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्। आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

२०६५ जेठ १० मा इटहरी जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए। उनी इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर अैडलमा दोस्रो भएका थिए।

बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका थिए। सुरशाला म्यूजिक एकेडेमीमार्फत उनीहरुले भिडियो अडिसन पार गरेर सारेगमपमा प्रवेश पाएका थिए। ३ वटा भिडियो पठाएपछि उनीहरुलाई दोस्रो चरणका लागि दिल्ली बोलाइेको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *