आइसीसी विश्व कप क्रिकेट : अष्ट्रेलियामाथि भारतको रोमाञ्चक ३६ रनको जित

खेलकुद
शेयर गर्नु होला

काठमाडौं 

भारतले आइसीसी विश्व कप क्रिकेटको खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ । लण्डनको ओभल मैदानमा आइतबार टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेटको क्षतिमा ३५२ रनको विशाल स्कोर बनाएको थियो ।

विश्व कप इतिहासैमा उच्च स्कोरको कीर्तिमानी लक्ष्य पाएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाएर ३१६ रनमात्र बनाउन सक्यो । उसका एलेक्सी कोरीले विष्फोटक ब्याटिंग गरे पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन नसक्दा टिमलाई जित दिलाउन सकेनन् ।

केरीले नटआउट ३५ बलमा ५५ रन बनाए । यस्तै स्टेभन स्मिथले ६९ रन बनाए भने डेबिड वार्नरले ५६ रन बनाए । भारतको जितमा भुवनेश्वर कुमार र जसप्रित बुमराहले ३–३ विकेट लिए भने युजवेन्द्र चहलले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिंग गरेको भारतका लागि शिखर धवनले ११७, कप्तान विराट कोहलीले ८२ र रोहित शर्माले ५७ रन बनाए । यस्तै हार्दिक पंड्या, महेन्द्र सिंह धोनी र कील राहुलले विष्फोटक ब्याटिंग गरे । पंड्याले २६ बलमा ४७ रन बनाए भने धोनीले १४ बलमा २७ र राहुलले ३ बलमा ११ रन बनाए ।

जितसँगै भारतले लगातार दोस्रो खेल जित्दै अंक तालिकामा ४ अंक जोडेको छ । उता अष्ट्रेलिया भने तेस्रो खेलमा पहिलो पटक पराजित भयो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *