मुम्बैइ
भारतलाई २०११ को विश्वकप जिताउन मुख्य भूमिका निर्वाह गरेका क्रिकेटर युवराज सिंहले अन्तर्ाष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। युवराजले २०११ को विश्वकपमा ९ खेलमा ९०.५० को औसतबाट ३६२ रन र १५ विकेट लिएका थिए। उनी विश्वकपमा प्लेयर अफ द सीरीज पनि चुनिएका थिए।
सन्यास घोषणा गर्दै युवराजले भने–म बाल्यकालदेखि बुवाले देखाएको बाटोमा हिँडे र देशकालागि खेल्ने बुवाको इच्छालाई पछ्याएँ। मेरा समर्थक, जसले सधैं मेरो समर्थन गरे, उनीहरुलाई म धन्यवाद दिन चाहन्छु।
मेरो लागि २०११ को विश्वकप जित्नु, म्यान अफ द सीरीज हुने सपना जस्तै थियो। त्यसपछि मलाइ क्यान्सर भयो। यो आकाशबाट जमिनमा आउनु जस्तै थियो। त्यो बेला मेरो परिवार र मेरा सथर्मक मसँगै थिए।’
२०११ को विश्व कपका क्रममा युवराज क्यान्सरसँग लडिरहेका थिए। यद्यपी त्यो बेला युवराजलाई क्यान्सर भएको कसैलाई पनि थाहा थिएन। अष्ट्रेलिया विरुद्ध क्वार्टर फाइनलमा सुरुमा डाक्टरले उनलाई नखेल्न सुझाव दिएका थिए। तर उनी मैदानमा उत्रिएनन् मात्रै होइन् भारतको जितको हिरोसमेत भए। उनले उक्त खेलमा ५७ रनको पारी लेखेका थिए।
युवराजले ४० टेस्टको ६२ पारीमा ३३.९२ को औसतले १९०० रन बनाएका थिए। त्यसमा तीन शतक छन् भने ११ अर्धशतक बनाएका थिए। उनले ३०४ वनडेको २७८ पारीमा ३६.५५ को औसतले ८७०१ रन बनाएका थिए। उनले वनडे इन्टरनेशनलमा १४ शतक र ५२ अर्धशतक लगाएका थिए।
युवराजले ५८ टी–२० इन्टरनेशनल पनि खेलेका थिए। त्यसमा २८.०२ को औसतबाट ११७७ रन बनाएका थिए। उनले टेस्टमा ९, वनडेमा १११ र टी–२० इन्टरनेशनलमा २८ विकेट लिएका थिए।