उत्तर कोरियाली नेता किम जोङका दाजु अमेरिकी गुप्तचर सीआईएका एजेन्ट

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

वासिंगटन 

उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नाम अमेरिकी गुप्तचर एजेन्सी सीआइएका एजेन्ट भएको दाबी बाहिर आएको छ । उनले केही पटक सीआइएका अधिकारीहरुसँग छलफल समेत गरेको बताइेको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाली नेता किमले उनको हत्या गर्न आदेश दिएअनुसार नै किम जोङ नामको हत्या भएको दाबी गरेका छन् । यद्यपि उत्तर कोरियाले यो आरोपको खण्डन गर्दै आएको छ ।

सीआइएका सँग सम्बन्ध रहेको सञ्चारमाध्यममा रिपोर्ट आएपनि किम र  सीआइएका बीचको सम्बन्धबारे विस्तृत रुपमा स्पष्ट भैसकेको छैन । वाल स्ट्रिट जर्नलका अनुसार  सीआइएकाका गुप्तचरसँग ४५ वर्षीय किमको केही पटक कुराकानी भैसकेको थियो । यसबारे जानकारी राख्ने नाम उल्लेख नगरिएका व्यक्तिलाई उदृत गर्दै यो समाचार प्रकाशित भएको हो ।

सन् २०१७ मा मलेसियाको क्लालम्पुरस्थित विमानस्थलमा उनको हत्या भएको थियो । दुई युवतीले उनको अनुहारमा बिषालु भीएक्स नर्भ एजेन्ट दलेर भागेलगत्तै उनी ढलेका थिए । तत्काल अस्पताल लगिएका उनलाई मृत घोषणा गरिएको थियो । राजधानी दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *