हालै नेपालबाट फर्केकी नेहा कक्कड़को धमाकेदार डांस भाईरल (भिडियो)

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि

बलिउड गायिका नेहा कक्कड यस्तो सेलिब्रेटीमा पर्छिन्, जो सामाजिक सञ्जालमा निकै क्रियाशील छिन् । अहिले टिकटक भिडियोको क्रेज खुब राम्रो छ । नेहा पनि पछि परेकी छैनन् । उनको एक टिकटक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा नेहाले आफ्नो पुरानो म्युजिक भिडियोको टिकटक बनाएकी छिन् । नेहाले जुन गीतमा टिकटक बनाएकी छिन्, सो गीतको भिडियोमा पूर्वप्रेमी हिमांश कोहलीको साथमा देखिएकी थीइन् । हिमांश बलिउड अभिनेता हुन् ।

नेहाले आफ्नो गीतको टिकटक सेयर गरेपछि फ्यानले कमेन्ट गर्न सुरु गरेका छन् । उनका फ्यानले पूर्वप्रेमीको याद आएको भन्दै कमेन्ट गरेका छन् । पूर्वप्रेमीलाई सम्झिरहेको भनेर पनि फ्यानले नेहालाई उडाएका छन् । हिमांशले इन्डियन अैडल–१० को सेटमा नेहालाई प्रपोज गरेका थिए ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *