उत्तर कोरियाली तानाशाह किम जोंगले आफ्ना सेनापतीलाई बनाए नरभक्षि माछाको आहारा

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सी

उत्तर कोरियाली शासक किम जोंग उनले एक सेनापतीलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ ।

डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । ती सेनापतीमाथि सत्ता पलटको कोसिसको आरोप लगाइेको थियो ।

सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ । उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइेका सयौं पिरान्हा रहेको बताइन्छ ।

सेनापतीलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ । सेनापतीलाई माछाले मार्‍यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *