काठमान्डौ
आगामी २७ भदौमा रिलिज हुने तयारी रहेको चलचित्र ‘पासवर्ड’मा भारतीय अभिनेत्री सन्नी लियोनीले नृत्य गरेकी गीत सार्वजनिक भएको छ।
उनको नृत्य रहेको ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द रहेको छ । गीतको भिडियोमा अमर जीत सिंहले छायांकन गरेको हुन् ।
भिडियोमा चलचित्रकी नायिका लियोनी र अनुप विक्रम शाहीलगायतका कलाकार देख्न सकिन्छ ।