चितवन
गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताएका छन्। भरतपुरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताए।
पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पु–याएको थापाको भनाइ थियो। नेपाल सरकारको शिक्षामन्त्रीका रुपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए।
नेपाली समस्त आन्दोलनका एउटा नेताको सङ्ज्ञा दिँदै मन्त्री थापाले पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षति पुगेको बताए। पौडेलको ५३ वर्षको उमेरमा आज बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो।
मन्त्री थापा स्व पौडेललाई अन्तिम श्रद्धाञ्जलि दिन यहाँ आएका हुन्। पौडेलको अन्त्येष्टि आज माडीमा हुँदैछ। उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतमलगायतका नेता चितवन आउदैछन।