हुम्लाको कर्णाली नदीमा जीप खस्यो, दशजना बेपत्ता

समाचार
शेयर गर्नु होला

सिमीकोट

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली नदीमा खस्दा दशजना बेपत्ता भएका छन् । खार्पुबाट पालिका केन्द्रमा जाँदै गर्दा डेडुबिसौनामा दिउँसो करिब १२ः३० बजे सो दुर्घटना भएको थियो ।

जीपमा सवार यात्रीहरुलाई खार्पुनाथ गाउँकार्यपालिकाको बैठकमा सहभागी हुन जाँदै गर्दा जीप सडकबाट अन्दाजी २५ मिटर तल कर्णाली नदीमा खसेको थियो ।

प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइेको छ ।

हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालले नजोडिए पनि जिल्ला सदरमुकाम सिमिकोटबाट कच्चीसडकबाट सवारी साधनहरु सञ्चालन भैरहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *