भारतमा एक सय बालबालिकाको मृत्युको कारण लिचि ? : के लिची प्राणघातक हुन सक्छ ?

समाचार स्वास्थ्य
शेयर गर्नु होला

बिबीसी

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन्। केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन्।

के हो घटनाको कारण ?

बिहारको मुजफ्फरपुर शहरमा गएको १५ दिनमा मस्तिष्कज्वरोको साथ एिएसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गैसकेको छ। केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले अैतवार उक्त क्षेत्रको अस्पतालको भ्रमण गरेका थिए।

ती घटनाका कारण के हुन् भन्ने बारे विशेषज्ञहरूका माझ एक मत छैन। कतिपय विशेषज्ञ भन्छन् कि खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुन जान्छ जसले गर्दा बालबालिका यो रोगको चपेटामा पर्न सक्छन्।

सन् २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो। भारत तथा अमेरिकाका वैज्ञानिकहरूले मिलेर यी मृत्युका कारण पत्ता लगाउने कोसिस गरेका थिए। उनीहरूको संयुक्त शोधमा खाली पेट धेरै लिची खाँदा यो बिमारी भएको भन्ने उल्लेख छ।

वैज्ञानिकहरूका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व पनि पाइन्छ। अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा तिनमा ती तत्व पाइेको थियो। अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पाइेको थियो।

त्यस्तो अवस्थामा उक्त तत्वले ज्यादा घातक असर गर्ने ठानिन्छ। पहिलेदेखि नै कुपोषणले ग्रस्त वा बिरामी बालबालिकामा लिची खाँदा यो रोग लाग्ने धेरै खतरा हुन्छ। चिकित्सकहरूले सो क्षेत्रका बालबालिकालाई सीमित मात्रामा मात्र लिची खान तथा त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन्। भारत सरकारले पनि यसबारे एउटा निर्देशिका जारी गरेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *