किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

समाचार
शेयर गर्नु होला

हेटौँडा

मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ ।

पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए ।

आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि १५ वर्षीय किशोरीले हल्ला गरेकी थीइन् । त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि पठाइेको छ । यसैबीच माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले पनि सो घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *