पतिसंग रमाईरहेकी सोनमलाई तत्काल जापान छाड्न फ्यानको आग्रह

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि

बलिउड अभिनेत्री सोनम कपुर आनन्द आहुजासँग छुट्टी मनाइरहेकी छिन् । यद्यपि, उनले सोसल मिडियामा आफ्ना फ्यानका लागि तस्बिर सेयर गर्न भुलेकी छैनन् ।

सोनमका केही फोटो सोसल मिडियामा भाइरल भैराखेका छन् । यद्यपि, केही फ्यानले भने सोनमको जापान भ्रमणप्रति चिन्ता व्यक्त गरिरहेका छन् ।

कारण, जापानमा हालै ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । यसमा करिब १६ मानिस घाइते भए । भूकम्पपछि सुनामी आउने चेतावनी आएको छ । त्य

सैले, कमेन्ट गर्ने अधिकांश फ्यानले सोनमलाई चाँडै जापान छोड्न आग्रह गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘तपाईंहरू यो समय कहाँ हुनुहुन्छ ? कृपया आफ्नो ख्याल राख्नु !’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *