नारायणीमा हाम फालेर युवति बेपत्ता

समाचार
शेयर गर्नु होला

भरतपुर

भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छन् ।

पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र उनको खोजी भैरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ ।

यसाघि यही असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा पनि स्कुटरबाट ओर्लेर सोही पुलबाट हाम फालेर बेपत्ता भएकी थीइन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *