मोरङमा दिदीकै ‘सेटिङ’मा बहिनी बलात्कृत

समाचार
शेयर गर्नु होला

विराटनगर 

मोरङमा १९ वर्षीया एक युवती पारिवारिक नाता भित्रकै दिदीको ‘सेटिङ’मा बलात्कृत भएकी छन्। पथरीशनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अञ्जना थापाले पारिवारिक नाता भित्रकै बहिनीलाई मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्‍याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्ने वातावरण मिलाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईकाअनुसार अनुसन्धानबाट अञ्जनाले आफ्ना प्रेमी सुन्दरहरैंचा नगरपालिका १२ का ३९ वर्षीय सञ्जिवकुमार शंकरको आग्रहमा यो घटना गराएको देखिन्छ।अञ्जनाले प्रेमी सञ्जिवसँग मिलेर गोरखाको पृथ्वीनगर ७ का ३२ वर्षीय विश्वास कट्टेललाई नाता भित्रकी बहिनी बलात्कारको वातावरण मिलाइदिएको राईले बताए।

अञ्जना र विश्वासबीचमा भने चिनजान नरहेको प्रहरीको भनाइ छ। प्रहरीकाअनुसार सञ्जिवकुमार र विश्वास साथी हुन्। सञ्जिवको भने विराटचोकमा मेडिकल हल सञ्चालनमा छ। उनीसँगकै सम्पर्कका आधारमा गोरखाबाट आएका विश्वास विराटचोकमा जग्गा कारोवारमा संलग्न रहेको प्रहरीले जनाएको छ।

पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेर असार १ गते जबरजस्ती करणी ऐनान्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

अनुसन्धानका क्रममा दिदीकै ‘सेटिङ’ मा बहिनी बलात्कृत भएको खुलेको हो। जबरजस्ती करणी ऐनान्तर्गतको मुद्दामा महिलाविरुद्ध पनि अनुसन्धान गरिएको घटना मोरङमै पहिलो भएको प्रहरी दाबी छ।

प्रहरीले विश्वासलाई घटनामा संलग्न मुख्य अभियुक्त, अञ्जना र उनका प्रेमी सञ्जिवलाई भने घटनाको मुख्य योजनाकारका रुपमा अनुसन्धान गरिरहेको छ। सञ्जिव र विश्वास विवाहित हुन् भने अञ्जना अविवाहित।अन्नपुर्ण पोस्ट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *