अब भारत जान पनि भिसा !

समाचार
शेयर गर्नु होला

काठमाडौं 

छिमेकी मुलुक भारत आवत जवात नेपालीका लागि पानी पँधेरो हुँदै आएको छ । सीमा वारपार गर्न कुनै समस्या पर्दैन । तर, सबै नेपालीका लागि भने भारत जान यस्तो सुविधा अब छैन ।

चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने छ । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

दूतावासले जारी गरेको भिसा तथा एनओसी सम्बन्धी सूचनामा भनिएको छ, ‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।’

यतिमात्र होइन अब भारतसँगै तेस्रो मुलुक जाने नेपालीले पनि झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने भएको छ । भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने छ ।

दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गर्दै तेस्रो मुलुक जाने नेपालीले नो अब्जेक्सन लेटर लिनुपर्ने र त्यसका लागि आवश्यक प्रक्रियाबारेसमेत जानकारी गराएको छ । साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएी, मलेसिया र लेबनान जान परेमा नो अब्जेक्सन लेटर लिनुपर्ने भएको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *