अमिताभको नया फिल्ममा यस्तो गजबको लुक्स

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि

बलिउडका चर्चित नायक अमिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् ।

चलचित्रको काम भैरहँदा यसको निर्माणपक्षले नायक बच्चनको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक तस्विर हेर्दा जो कोहीलाई पनि अ मिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अ मिताभलाई भिन्न रुपमा देखाइेको छ ।

इन्टरनेटमा सार्वजनिक भएसँगै अमिताभको यो लुक्सको चर्चा भैरहेको छ । केही समय अगाडि अन्तरवार्तामा अमिताभले भनेका थिए–‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउनेछु ।’

त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको देखिन्छ । चलचित्रमा अभिताभ बच्चनसँगै आयुष्मान खुरानाको पनि मुख्य भूमिका रहनेछ । निर्माण पक्ष र आयुष्माँनबीच केही समय अगाडि नै लिखित सम्झौता भैसकेको छ ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *