शनिवार शनि देवलाई प्रशन्न गर्ने सरल बिधि

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

 

शनि पुजा बिधि

शनि जयंतीमा प्रात:काल उठेर स्‍नानादि गरेर शुद्ध होउ। त्यस पछी काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यस माथि शनिदेवको प्रतिमा राखौ। त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ। फेरी शनिदेवलाई पंचगव्य, पंचामृत, इत्र बाट स्नान गराउ। उनिलाइ कालो या नीलो रंगको फूल चढाउ। त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ। पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ। यस दौरान शनि मंत्रको कम से कम एक माला जप गरौ।

ध्यान दिनुपर्ने कुरा

१- हरेक शनिवार मंदिरमा तोरिको तेलको दियो जलाउ। ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मंदिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।

२- यदि आस-पास शनि मंदिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउं। यदि त्यो पनि नभए तोरिको तेल गरीबलाई दान गरौ।

३- शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ।

४- भेंट पश्चात शनि मंत्र या फिर शनि चालीसाको जाप गरौ।

५- शनि पूजा पश्चात हनुमान जी को पूजा गरौ। उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ।

६- शनिदेवको पूजामा यस मंत्रको जाप गरौ: ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम:


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *