विप्लव नेता पौडेल हत्याबारे छानबिन गर्न निर्देशन

समाचार
शेयर गर्नु होला

काठमाडौं 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्लाहीमा विप्लव नेता कुमार पौडेलको हत्याका विषयमा सात दिनभित्र सत्यतथ्य छनबिन गर्ने सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बिहान बसेको समितिको बैठकले गृहमन्त्रीलाई हत्याका विषयमा सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले पौडेल हत्याका विषयमा समितिमा आफ्ना धारणा राखेका थिए । उनले प्रहरी मुठभेडमै उनको मृत्यु भएको दाबी गरे ।

गत बिहीबार विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीले मारिएका थिए । प्रहरीले आफूहरुमाथि आक्रमण गरेको र जवाफी कारबाहीमा मारिएको दाबी गरेको छ । पौडेललाई पक्राउ गरी गोली हानेर मारिएको र मुठभेड भनी प्रचार गरेको भनी प्रहरीलाई आरोप लागेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *