भन्सारका नासुसँग दुई करोड अकुत सम्पत्ति,विशेष अदालतमा मुद्दा दायर

समाचार
शेयर गर्नु होला

काठमान्डौ

भन्सारका नायब सुब्बा रामप्रसाद भट्टराईसँग दुई करोडभन्दा धेरै अकुत सम्पत्ति भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ । अख्तियारले सोमबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पछिल्लो समय कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा भट्टराईको दुई करोड आठ हजार पाँच सय ४० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सरकारी जागिरमा जोडिएपछि उनले एक करोड १४ लाख ९१ हजार एक सय ५१ रुपैयाँ वैध रूपमा आर्जन गरेका थिए । तर, पछिल्लो समय उनीसँग तीन करोड १४ लाख ९९ हजार हजार ६ सय ९१ रुपैयाँ सम्पत्ति भेटिएको थियो । दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरी मुद्दा अकुत सम्पत्ति जफत गरी सोही बराबरको जरिवाना र कैद सजाय माग गरी आयोगले मुद्दा दायर गरेको हो ।

नासु भट्टराईलाई गत वर्ष २९ साउनमा आयोगको टोलीले १० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । भारत वनबासाबाट व्यापारिक प्रयोजनका मालवस्तु क्यारिङ गर्दा भन्सार शुल्कमा सहुलियत प्रदान गर्ने भन्दै उनले घुस लिएका थिए ।

उनीसँग अकुत सम्पत्ति रहेको सूचना पाएपछि आयोगले त्यससम्बन्धी छुट्टै छानबिन गरी मुद्दा दायर गरेको हो । भन्सार कार्यालय कर्मचारीको रोजाइको कार्यालयमा पर्दै आएको छ । नयापत्रिका दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *