सिलिन्डर बम बिस्फोट आरोमपा स्कुले बालक गिरफ्तार !

समाचार
शेयर गर्नु होला

सल्यान- विष्फोट गराएको विषयमा अनुसन्धानको क्रममा प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई गिरफ्तार गरेको छ । १६ वर्षका यी बालकले त्यहाँ सिलिण्डर विष्फोट गराएको आशंका प्रहरीले गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको अघिल्लो दिन साँझ यहाँ सिलिण्डर विष्फोट भएको थियो । असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका–६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो ।

त्यसै संलग्न भएको आशंकामा प्रहरीले कुमाख गाउँपालिका–६, वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई बुधबार बिहान गिरफ्तार गरेको हो ।उनलाई घटनामा संलग्नताको विषयमा सोधपुछका क्रममा २४ घण्टाका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

अहिलेलाई सोधपुछका लागि गिरफ्तार गरेको र घटनामा संलग्नता रहेको र थप अनुसन्धान गर्नुपर्ने देखिएमा कानुन बमोजिम गर्ने प्रहरीले जनाएको छ। पक्राउ परेका सुनार जनकल्याण मावि वडागाउँमा कक्षा ९ मा पढ्दै आएका छन् ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *