लोकसेवाको स्थानीय तह विवादको सुनुवाइ आइतबार सम्मलाई सर्‍याे

समाचार
शेयर गर्नु होला

काठमाडाैं

सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सो मुद्दा थियो । मुद्दाबारे बहस गर्ने केही अधिवक्ताले समितिको उपस्थिति चाहिने भनेपछि सुनुवाइको मिति सरेको हो ।

लोकसेवाको सुचनाको पक्ष र विपक्षमा छुट्टाछुट्टै चार वटा रिट परेको थियो । सबै रिटलाई सर्वाेच्चले एक साथ राखेर सुनुवाइ गर्दैछ । समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि अधिवक्ता राजारा घिमिरेले सो निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका थिए । भने अधिवक्ता विकास ठाकुर लगायतले लोकसेवाले विज्ञापन आह्वान गर्दा संवैधानिक व्यवस्थामा भएको समानुपातिक समावेशी सिद्धान्त पालना नगरेको भन्दै रिट दायर गरेका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *