सिरिञ्ज आक्रमण गर्ने पक्राउ

समाचार
शेयर गर्नु होला

काठमाडौँ 

महानगरिय प्रहरी परिसरले उपत्यकामा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० बर्षीय सन्तोष कार्की रहेका छन् । उपत्यकाका विभिन्न स्थानमा युवतीहरुमाथि श्रंखलवद्ध सिरिञ्ज आक्रमण गर्दै हिँड्ने कार्कीलाई गएराति भाटभटेनी नजिकैबाट पक्राउ गरिएको हो ।

आफुमाथि सिरिञ्ज जस्तै बस्तुबाट आक्रमण भएको भन्दै पाँच जना युवतीहरुले प्रहरीमा उजुरी दिएका छन्। प्रहरी अनुसन्धानमान्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।

‘मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ’, पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनले आफूले मजाकका लागि घोचेको बताएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन्, ‘उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् ।’ प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।

त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको संयक्त टोलीले उनीसम्म पुगेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *