सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीच झडपहुदा एकको मृत्यु

समाचार
शेयर गर्नु होला

सर्लाही

पूर्व–पश्चिम राजमार्गान्तर्गत सर्लाहीको बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आइतवार दिउँसो भएको झडपमा परी एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपमा प्रहरीले चलाएको गोली लागी ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आज दिउँसो पूर्व–पश्चिम राजमार्गान्तर्गत बाँके चौकमा शव ल्याएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले राजमार्ग खुलाउनेक्रममा दोहोरो झडप भएको हो ।

खोलामा जथाभावी भैरहेको उत्खनन् रोक्नुपर्ने, पुरानो खाल्डो पुर्नु पर्ने, मृतक बालकका परिवारलाई उचित राहत दिनुपर्ने, खोला छेउमा सञ्चालित क्रसर उद्योग बन्द हुनु पर्ने माग गर्दै मृतकका आफन्त र गाउँले बालकको शव राखेर पूर्व–पश्चिम राजमार्गमा विरोध प्रदर्शनमा उत्रिएका थिए ।

झडपमा परी टाउकोमा गोली लागेका देवन महतोको घटनास्थलमै मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । घटनामा परी अर्का एक जना प्रदर्शनकारी घाईते भएको बताइे पनि परिचय खुलेको छैन् । प्रदर्शनकारीको तर्फबाट ढुङ्गा प्रहार हुँदा १३ जना नेपाल प्रहरी घाईते भएका छन्।

सशस्त्र प्रहरीतर्फ पनि केही सुरक्षाकर्मी घाईते भए पनि सङ्ख्या एकिन हुन सकेको छैन् । घाईते सुरक्षाकर्मीको लालबन्दी र हरिवनका विभिन्न अस्पतालमा उपचार भैइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १४ शेल अश्रु ग्याँस र करिव दुई दर्जन हवाई फायर गरेको जनाएको छ । सशस्त्र प्रहरीको तर्फबाट पनि फायरिङ भएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले सडक खुलाउन खोज्दा प्रदर्शनकारीबाट प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि अश्रुग्याँस र हवाई फायर गरिएको  बताए।

उहाँका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ । गोली लागेर मृत्यु भएका देवन महतो र डुबेर मृत्यु भएका अमित राय दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *