११ महिनामा २२ जना घुस सहित पक्राउ

समाचार
शेयर गर्नु होला

बारा

चालु आर्थिक बर्षको ११ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा, पर्सा जिल्लामा मात्रै स्टिङ अपरेशनगरि घुस सहित २२ जनालाई रंङ्गेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत साउनदेखि जेठ ३० गतेसम्म अख्तियारले गरेको स्टिङ अपरेशन अन्तरगत घुसको रकम सहित २२ जनालाई रंङ्गेहात पक्राउ गरेको छ ।

त्यसैगरी अख्तियारले चालु आर्थिक बर्षको ११ महिनामा भ्रष्टाचार र अनियमितता गरेको आरोपमा पर्सामा २ सय १५ वटा, बारामा २ सय ४५ वटा, रौतहटमा १ सय ४५ वटा उजुरी परेकोमा पर्सामा १ सय १७ वटा, बारामा १ सय ९३ वटा र रौतहटमा १ सय ४१ वटा उजुरीको छानविन सकेको आयोगका हेटौडा स्थित कार्यालयका उपसचिव देवकुमार राईले बताए।

सो क्रममा बारा, पर्सा रौतहटमा स्थानिय तह, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, मालपोत, नापी, भूमिसुधार लगायतका कार्यालयमा कार्यरत ६८ जना अधिकृत तथा कर्मचारीहरु माथि कारवाही चलाएको राईले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *