सेतीमा बगेर एक बेपत्ता

समाचार
शेयर गर्नु होला

डोटी

डोटी सेती नदीमा नुहाउने क्रममा आज दिउँसो बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ७ बस्ने ४० वर्षीय चक्र कुञ्जेडा रहेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित सेती नदीमा आफन्तको मलामी आएका बेलामा नदीमा नुहाउने क्रममा कुञ्जेडा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख कमलापती पन्तले जानकारी दिए ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव बढी भएको तथा धमिलो पानी भएका कारण खोजीकार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ ।

गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत जेठ महीनादेखि अहिलेसम्म उक्त नदीमा बगेर पाँच जनाको मृत्यु भैसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *