काठमान्डौ
नेपाल पर्यटन बोर्डले इन्टरनेसनल इन्डियन फिल्म अवार्ड (आइफा)को २० औँ संस्करणको आयोजनाले राष्ट्रिय गौरव बढ्ने दाबी गरेको छ । कार्यक्रम आयोजनाले गन्तव्य स्थलको ब्रान्डिङ हुने, सहरको ब्रान्डिङ हुने र राष्ट्रिय गौरव बढ्ने बोर्डको दाबी छ ।
आइफा अवार्ड आयोजना गर्न आर्थिक सहायता गर्ने सरकारी निर्णयको चर्को विरोध भैरहेका वेला बोर्डका बोर्डका सिईओ दीपकराज जोशीले कार्यक्रमको टेलिभिजन कपिराइट, विज्ञापनदेखि टिकट संकलनबाट उठेको सम्पूर्ण रकम अैफाले नै उठाउने भए पनि राष्ट्रिय गौरव बढ्ने बताए ।
‘कार्यक्रमबाट उठेको रकम हामीले पाउँदैनौँ । तर, यसले हाम्रो सिटीको ब्रान्डिङ गर्छ । डेस्टिनेसनको ब्रान्डिङ गर्छ,’ सीओ जोशीले भने, ‘यो एउटा नेसनल प्राइड पनि हो । यसले पर्यटन पर्वद्धन गर्छ ।’ यस्ता, कार्यक्रमको तत्कालीनभन्दा दीर्घकालीन फाइदा हेर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रमका दौरान पर्यटन प्रवद्र्धनको सन्देश दिनेखालको विशेष भिडियो बनाएर देखाइने उनले जानकारी दिए, ‘यस्तो ठूलो कार्यक्रममा भिडियो सन्देश दिन ठूलो खर्च लाग्छ । तर, सित्तैमा देखाउन पाउने लाभ नेपालले प्राप्त गर्दैछ । त्यसैले हामी विशेष भिडियो सन्देश बनाउनेछौँ,’ उनले भने ।नयापत्रिका दैनिक