काठमाडौँ
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइेको स्वीकार गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो ।
छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभैइ व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बद्मासीले गर्दा कमजोरी भएको स्वीकार गरे ।
त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले नियतले त्यस्तो नभएको बताउँदै भने, “व्यक्तिका कारण छवि खराब हुनपुग्यो ।आइन्दा यी कुरामा सजग हुनेछौँ । ”
त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् । उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइेको छ ।
त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले संस्थागत त्रुटि नभैइ व्यक्तिगत त्रुटिका कारण यो घटना भएको बताए । अङ्क थपिदिएको आरोपमा परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कर्मचारी रामु कर्मचारी पक्राउमा परेका छन् ।
मार्कस्लिपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो । छानविनपछि बद्मासी भएको प्रतिवेदन बुझाइेपछि यो घटना सार्वजनिक भएको थियो ।
यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारले ‘इन्ट्री गरिएका मार्कस्लिप’ लिएर गएको छ । शिक्षा तथा स्वास्थ्य समितिका सदस्य सुरेशकुमार राईले अख्तियारले छानविन गरिरहेको यो घटनाका बारेमा यथार्थ बुझ्न त्रिवि र पनिकाका पदाधिकारीलाई छलफलमा बोलाइेको बताए ।गोरखापत्र दैनिक