काठमाडौं
फ्रान्समा आइतबार राती सम्पन्न फिफा महिला विश्व कप फुटबलको अमेरिकाले जितेको छ । उसले उपाधि भिडन्तमा नेदरल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै फिफा महिला विश्व कप फुटबलको उपाधि उचालेको हो ।
२०१५ मा पनि जापानलाई ५ गोलान्तरले पराजित गर्दै अमेरिकाले यो उपाधि उचालेको थियो । अमेरिकालाई लगातार दोस्रो पटक उपाधि दिलाउनेक्रममा अमेरिकाकी मेगन रिपोइने र रोज लाभिल्लेले एक एक गोल गरिन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलबिहीन थियो । दुबै गोल अ मेरिकाले खेलको दोस्रो हाफमा गर्यो । रिपोनैनेले खेलमा ६१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अ मेरिकालाई १–० को अग्रता दिलाएकी थीइन् ।
त्यसको ८ मिनेटपछि अर्को गोल थप्दै लाभिल्लेले अमेरिकाको उपाधि पक्का गरिन् । उपविजेतामा सिमित नेदरल्याण्ड भने पहिलो पटक फाइनलसम्म पुगेको हो ।