ओखलढुंगा
काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बस ओखलढुङ्गामा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् ।
काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दुुई जना पुरुष र एक जना महिला रहेका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि काठमाडौं ल्याइेको छ । बाँकी घाइतेलाइ उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो ।