शेयर बजार :आज पनि ओरालो यात्रा कायमै

अर्थ समाचार
शेयर गर्नु होला

काठमाडौँ 

बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ।

यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ। परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ। कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर रु ४६ करोड ३६ हजार ५७१ मा कारोवार भए। कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ। बैंकिङ एक दशमलव नौ र जलविद्युत् एक दशमलव २७ अङ्कले बढेको छ।

यस्तै होटल २० दशमलव ४४, विकास बैंक तीन दशमलव ५२, वित्त शून्य दशमलव ६१, निर्जीवन बीमा २ दशमलव ९९, उत्पादन १९ दशमलव २८, अन्य २ दशमलव १२, लघुवित्त ५ दशमलव ५३, जीवन बीमा २४ दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले घटेको छ।

स्टकका अनुसार कारोबार रकमका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो। सो बैंकको रु पाँच करोड २९ लाख ६२ हजार २७६ मूल्यमा खरीद बिक्री भयो।

यस्तै शिवम् सिमेन्ट रु तीन करोड २० लाख दुई हजार १८९, सिभिल बैंक रु एक करोड ७७ लाख ४२ हजार १६७, एनाऐसी एशिया बैंक रु एक करोड ७४ लाख १७ हजार ८०७, एनसिसी बैंक रु एक करोड ४६ लाख एक हजार ८१९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ४५ लाख ५३ हजार ४२७ मा कारोवार भैइ शीर्षस्थानमा रह्यो।

परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ७३ प्रतिशतले कमाए। यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स ३ दशमलव २५, घलेम्दी हाइड्रो २ दशमलव ३३, आइएमैइ जनरल इन्स्योरेन्स २ दशमलव २७, गुँरास लघुवित्त वित्तीय संस्था २ दशमलव शून्य चार र एनाऐबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाए।

यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनी ५ दशमलव ६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५ दशमलव १०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४ दशमलव ३४, जोशी हाइड्रोपावर ३ दशमलव ७९, ग्लोबल आइएमैइ लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ दशमलव ५१ प्रतिशतले गुमाए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *