मृतक परिवारलाई तीन लाख रुपैया राहत उपलब्ध गराईने

समाचार
शेयर गर्नु होला

धनुषा

प्रदेश नम्बर २ सरकारले बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतक परिवारलाई तीन लाख रुपैया राहत उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले जनाएको छ ।

केही दिन यताको अविरल वर्षाले प्रदेशको आठवटै जिल्लाको जनजीवन आक्रान्त भएको बेला आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि दश, दश लाख रुपैया उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

मन्त्रीपरिषदको बैठकले हाल सम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *