अबरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

समाचार
शेयर गर्नु होला

हिलिहाङ

पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गान्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ।

बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३ः०० बजेबाट एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए।

वर्षा नरोकिएका कारण झरेको सबै पहिरो पन्छाउन नसकिएकाले अहिले एकतर्फी भए पनि सवारीसाधन सञ्चालनमा आएका छन्। सडक खुलेपछि रोकिएर रहेका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

राजमार्ग अबरुद्ध भएपछि पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम क्षेत्रबाट तराई जान छुटेका र यसतर्फ आउदै गरेका सवारीसाधन बाटोमै रोकिएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *