विश्वकप क्रिकेट फाइनल आज : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

खेलकुद
शेयर गर्नु होला

एजेन्सी 

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज नयाँ उपाधि विजेताको टुङ्गो लाग्नेछ। गत मे ३० देखि सुरु भएको विश्वकपको फाइनल खेल आज हुदैँछ। जुन खेलमा क्रिकेटले आज नयाँ च्याम्पियन पाउँदैछ।

विश्वकप किकेटको इतिहासमा २३ वर्षपछि नयाँ उपाधि विजेताको ट्ङ्गो लाग्ने भएको हो। पछिल्लो पटक सन १९९६मा श्रीलंकाले उपाधि जिते पछि सन २०१५ सम्म भारत र अस्ट्रेलियाले उपाधि जित्दै आइरहेका थिए। अहिले भने यी दुवै टोली सेमिफाइनलबाटै बाहिरिसकेका छन्।

लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समयानुसार दिउसो ३:१५ बजे सुरु हुने फाइनल खेलमा न्युजिल्याण्ड र इग्ल्याण्ड आमने सामने हुदैछन्। आज हुने खेलमा दुवै टोलीले जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। सेमिफाइनल खेलमा न्युनिल्याण्डले भारतलाई पराजित गरेर फाइनल यात्रा तय गरेका थियो भने आयोजक इंग्ल्याण्डले अस्ट्रेलियालाई सहजै पराजित गरेको थियो।

आज हुने खेलमा २७ वर्षपछि फाइनल खेल्न लागेको क्रिकेटको ‘जन्मथलो’ भनेर चिनिने आयोजक इंग्ल्याण्डले उपाधिलाई घरमै राख्न चाहन्छ भने सन २०१५ को उपविजेता न्युजिल्याण्ड पनि यसपटक उपाधि आफूसँगै लैजाने दाउमा हुनेछ।

विश्वकपको १२ औ संस्करणमा आउदा अहिलेसम्म तीनपटक फाइनल खेलेको छ भने न्युजिल्याण्ड सन २०१५ मा पहिलोपटक फाइनलमा पुगेको थियो। इंग्ल्याण्ड सन १९९२ यता पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो।

क्रिकेटको ‘जन्मथलो’को रुपमा परिचित इग्ल्याण्डलाई यसपटक उपाधि जित्ने दबाब रहेको छ। इंग्ल्याण्डले अहिलेसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन। यो पटक इंग्ल्याण्डलाई उपाधि जित्ने राम्रो अवसर रहेको छ। तर त्यति सहज भने हुनेछैन्।

जारी विश्वकपको लिग चरणमा यी दुई टोलीबिच भएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डमाथि सहज जित निकालेको थियो। ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १८६ रनमै समेटिएको थियो। त्यसैले आज न्युजिल्याण्डले उक्त हारको बदला लिँदै उपाधि जित्ने दाउमा हुनेछ।

विश्वकपमा यी दुई टोलीबिच हालसम्म ९ खेल भएको छ। जसमध्ये ५ खेलमा न्युजिल्याण्डले जितेको छ भने ४ खेलमा इंग्ल्याण्ड विजयी भएको छ। यसपटक न्युजिल्यान्ड र इङ्ल्यान्ड दुवैको प्रदर्शन उत्कृष्ट देखिएको छ । दुवै टोलीको ब्याटिङ र बलिङ लयमा छ। त्यसैले पनि आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *