४३ केजी लागुऔषध चरेससहित पक्राउ

समाचार
शेयर गर्नु होला

मुग्लिन 

चितवनमा लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे भारत मोतिहारी घर भैइ चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता कोइरालाले जानकारी दिए।

दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर

चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडाँैबाट नारायणगढतर्फ गैरहेको ग१ख ५३५५ नंको माइक्रोबस भरतपुर महानगरपालिका–१ स्थित आँपटारीमा सोमबार साँझ ६ः४५ बजे अनियन्त्रित भैइ पल्टिँदा माइक्रोबसमा सवार सात घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइतेको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

घाइतेमध्ये चितवन रत्ननगर नगरपालिका–२ का २५ वर्षीय रञ्जना तिमल्सिनाको अवस्था गम्भीर रहेको छ। उनको नयाँ मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै अन्य घाइते हुनेमा भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका–६ का २१ वर्षीय अनिष राउत, सोही स्थानका २१ वर्षीया अनु राउत, काठमाडौँ महानगरपालिका–३१ का ८१ वर्षीय कृष्ण रिमाल, ३० वर्षीय सन्दीप न्यौपाने, २८ वर्षीया मीना तिमल्सिना रहेको प्रहरीले जनाएको छ।

माइक्रोबसमा १० यात्रु रहेकामा तीनको अवस्था भने सामान्य रहेको जनाइेको छ। चालकलाई नियन्त्रणमा लीएको प्रहरीले जनाएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *