विश्वविजेता इंग्लिस टोलीलाई प्रधानमन्त्री मेको स्वागत

खेलकुद
शेयर गर्नु होला

एजेन्सी 

आइसीसी विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड टिमलाई प्रधानमन्त्री थेरेसा मेले स्वागत गरेकी छिन् । विश्वकप सुरु भएको ४४ वर्षपछि पहिलो पटक उपाधि जितेको इंग्ल्याण्डमा अहिले खुशीको माहोल बढेको छ ।

न्यूजिल्याण्डविरुद्धको फाइनल खेलमा सुपर ओभर पनि बराबरी भएपछि बाउण्ड्री प्रहार गरेको आधारमा इंग्ल्याण्ड विजयी भएको थियो ।
उपाधि विजेता इंग्ल्याण्डको टिमलाई प्रधानमन्त्री मेले सोमबार राति डाउनिङ स्ट्रीटमा रिसेप्सन पार्टी दिएकी थीइन् । त्यस अवसरमा प्रधानमन्त्री मेले सबै मिलेर उत्कृष्ट प्रदर्शन गरेकै कारण विश्वकप जितेको बताइन् ।

इंग्ल्याण्डले ४४ वर्षपछि पहिलो पटक उपाधि जितेको हो। यसाघि तीन पटक फाइनल खेलेको इंग्ल्याण्डले हालसम्म उपाधि जित्न सकेको थिएन्। इंग्ल्याण्ड १९७९, १९८७ र १९८२ को फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *