जुवामा हारेपछि आफ्नै पत्नीको सामुहिक बलात्कार !

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सि 

भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रक्सीले मातेका एक पुरुषले जुवा हारेपछि आफ्नै पत्नीलाई बलात्कारको लागि साथीहरुलाई सुम्पिएको घटना सार्वजनिक भएको छ ।

रक्सीले मातेका ती पुरुषले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’का लागि सुम्पिने बाचा गरेका थिए । जुवामा हारेपछि भने उनकी पत्नीलाई सामुहिक रुपमा बलात्कार भएको हो ।

उत्तर प्रदेशको जौनपुर जिल्लाको यो घटना हालै सार्वजनिक भएको हो । घटनापछि ती महिला अदालत पुगेकी छिन् । जब कि, प्रहरीले कुनै कारवाही अघि बढाउन नचाहेको ती महिलाको आरोप छ ।

ती महिलाका अनुसार उनका पति जँड्याहा हुन् । पछिल्लो पटक उनले साथीहरुसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका हुन् । रिपोर्ट अनुसार महिलाको पतिका साथी अरुण र अनिल उनको घरमा रक्सी पिउन र जुवा खेल्न आएका थिए ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *