मैले कप्तानी मात्र छोडेको हो , ब्याट छोडेको हैन – पारस खडका

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौ

हाल बिभिन्न समाचार माध्यम र नेपाली जन्ता हरु र खेलखुद प्रेमीहरु माझ एउटा खबरले हल्ला र तरंग मचाएको छ, त्यो हो नेपाल राष्ट्रिय क्रिकेट का कप्तान पारश खडका को कप्तानी छोड्ने स्तब्धकारी निर्णय। हो यो कुरा साचो हो र अहिले उक्त समाचारले क्रिकेट प्रेमी हरुलाई निकै नै दुखित तुल्याएको छ भने उक्त निर्णय पछी नेपाली क्रिकेट टिम र क्रिकेटको भबिष्य माथि निकै चिन्ता ब्यक्त गरिएको छ।

नेपाल राष्ट्रिय क्रिकेटका कप्तान पारश खडकाले यो निर्णय एक्कासि नभई कप्तान पद छोड्न आइसीसीले निलम्बन फुकुवा गर्ने दिन कुरिररहेको थिएँ, भने । मेरो लागि यो कठिन निर्णय होइन । म आप्म्नो कुरामा पहिले नै स्पष्ट हुने गर्दछु । हो धेरैलाई थाहा थिएन । त्यसैले झट्का लागेको हुनुपर्छ । तर कुनै न कुनै दिन मैले निर्णय गर्नुनै पर्ने थियो र अहिले एक कप्तान र खेलाडीको रुपमा स्थिति अनुकुल भएको बेला नै कप्तानी छोड्ने निर्णय लिएँ भनेर भनेका छन।

पत्रकार सम्मेलनमा कप्तान खडकाले भने “नेपाली क्रिकेट टिममाथिको प्रतिबन्ध हटाइएको थाहा पाउँदा ठूलो खुशीको अनुभव भइरहेको छ । नेपाली क्रिकेट, खेलाडी र क्रिकेटसँग सरोकारवाला सबैको विकासका लागि काम गर्न नयाँ कमितिलाई शुभकामना दिन चाहन्छु । अब नयाँ सुरुवात र सबैजना संलग्न हुनसक्ने प्रतिवद्धता र दुरदर्शीताको महसुस गर्दै मैले नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु । यस अवसरमा म सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्ड्सम्यान, साथीभाई, परिवारलाई धन्यवाद दिन चाहन्छु, जसले मेरो असाधारण यात्रामा सहयोग गरेका छन् ।”

यसका साथै कप्तान खडका ले आफु कप्तान पदमा नरहे पनी आफ्नो क्रिकेटको यात्रा भने जारी रहने र आफुले कप्तानी छोडे पनी आफ्नो क्रिकेट को ब्याट भने मछोडेको कुरा पनी गरेका छन।

तसर्थ नेपाली क्रिकेटका सुभचिन्तक र पारश खडकाका फ्यान हरुका लागी भने यो खुशिको खबर रहेको छ। अब उन्ले एउटा ब्याट्सम्यानको रुपमा आफुले नेपाली क्रिकेटलाई साथ दिने सोच बनाएको कुरा गरेका छन।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *