कोरोना भाईरसले एकै दिन १०८ जनाको मृत्यु

Uncategorized
शेयर गर्नु होला

काठमाडौँ 

पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट हालसम्म एक हजार १६ जनाको ज्यान गएको छ । सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको र २ हजार ४ सय ६७ जना जना संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ।

मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ। चीन बाहेक फिलिपिन्स र हङकङमा कोरोना भाइरसबाट एक, एक जनाले ज्यान गुमाएका छन् भने चीनमा एक अमेरिकी र एक जाप्निज नागरिककको मृत्यु भएको छ ।

चीनमा सो भाइरसबाट फेबु्वरी ३ मा ६४, फेबु्रवरी ४ मा ६६, फेबु्रवरी ५ र ६ मा ७३, ७३, फेबु्रवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेबु्रवरी ९ मा ९७ र १० मा १०८ जनाको ज्यान गएको छ।

चीन बाहिर ४० देशमा कोरोना भाइरसको प्रकोप देखिएको र उक्त भाइरसबाट ५ सयबढी मानिस संक्रमित भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

यस्तै चीनपछि जापानमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ । जापानमा हालसम्म एक सय ६१ जना संक्रमित फेला परेका छन् ।

भारतको केरलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म केरलामा ३४ जनालाई अस्पताल भर्ना गरिएको र ३ हजार २५२ जना निगरानिमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *