कोरोनाभाइरस : युरोपेली देशसरुमा सङ्क्रमण फैलिदै

Uncategorized
शेयर गर्नु होला

बिबीसी

थुप्रै युरोपेली देशले आफूकहाँ पहिलोपल्ट नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखापरेको घोषणा गरेका छन्। कोरोनाभाइरसको प्रकोप देखिएको इटलीसँग ती सबै घटना जोडिएका छन्। अस्ट्रिया, क्रोएशिया र स्विट्जरल्यान्डका अनुसार इटली पुगेर आएका व्यक्तिहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। कोरोनाभाइरसको सङ्क्रमण देखिने पहिलो ल्याटिन अमेरिकी देश ब्राजिल बनेको छ। सङ्क्रमित व्यक्ति इटलीबाट फर्किएका ब्राजिलका नागरिक भएको बताइेको छ।

प्रभावित

युरोपमा हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देश इटली बनेको छ। त्यहाँ तीन सय जनाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ११ जनाको मृत्यु भैसकेको छ। तर उसका छिमेकी देशहरूले इटलीसँगको नाका बन्द गर्ने कदम “असमानुपातिक” हुने बताएका छन्।

युरोपभरि र मध्य एवम्‌ दक्षिणी इटलीमा सङ्क्रमणका नयाँ बिरामी देखीरहँदा मङ्गलवार सम्पन्न एुटा बैठकमा फ्रान्स, जर्मनी र इटलीका स्वास्थ्यमन्त्री तथा युरोपेली आयोगले नाकाहरू खुला राख्ने प्रतिबद्धता जनाएका हुन्। “सिमानाले अर्थ नराख्ने एुटा नयाँ भाइरसका बारेमा हामीले कुरा गरिरहेका छौँ,” इटलीका स्वास्थ्यमन्त्री रोबेर्टो स्पेरान्जाले भने।

कोभिड-१९ अर्थात्‌ नयाँ कोरोनाभाइरसको प्रकोप अझै फैलन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनका एक वरिष्ठ अधिकारीले तत्काल तयारी गर्न देशहरूलाई सुझाव दिएका छन्। ब्रुस एलवार्डले थुप्रै राष्ट्रहरू नयाँ कोरोनाभाइरसको प्रकोपसँग जुझ्न तयार नरहेको बताए। उनले भने, “पहिलो कुरा मानसिकतामा परिवर्तन हुनुपर्छ। यो भाइरस विश्वभरि चाँडै फैलन सक्छ।”

चिन्ताजनक

नयाँ कोरोनाभाइरसका ८० हजार सङ्क्रमणका घटनाका बीच खासगरि इरानमा देखिएको प्रकोपको स्तर चिन्ताजनक रहेको बताइन्छ। इरानी अधिकारीहरुका अनुसार कोरोनाभाइरसका कारण त्यहाँ अहिलेसम्म १५ जनाले ज्यान गुमाइसकेका छन्। इरानका स्वास्थ्य उपमन्त्रीमा समेत कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

यसैबीच, नयाँ कोरोनाभाइरसको प्रकोपका कारण संयुक्त राज्य अमेरिका र युरोपका शेअर बजारमा लगातार दोस्रो दिन नकारात्मक प्रभाव परेको छ। अमेरिकी शेअर बजारको एक सूचक मानिने डाउ जोन्समा सोमवारयता छ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

तर ट्रम्प प्रशासनका आर्थिक सल्लाहकार ल्यारी कडलोले कोरोनाभाइरसले आर्थिक त्रासदी फैलाउने कुरामा आफ्नो विश्वास नरहेको र मूल्य घटेकाले शेअर खरिद गर्ने यो ‘राम्रो समय’ भएको बताएका छन्। यसाघि प्यारिस, लन्डन र फ्र्याङ्कफर्टस्थित शेअर बजारमा करिब दुई प्रतिशतको गिरावट देखिएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *