नेपाल को प्रख्यात र लोकप्रिय साङितिक समुह कुटुम्ब को नया भिडिओ “छबी” मुस्ताङमा [भिडिओ]

मनोरञ्जन
शेयर गर्नु होला

आज भन्दा एक दशक अगाडीको कुरा हो जब केही युवा कलाकारहरुले मिलेर नेपालको सांगितिक क्षेत्रमा केही फरक गर्ने सोच बनाए र त्यहि अनुरुप आफ्नो यात्रा सुरु गरे। त्यो यात्रा थियो नेपाली संगित क्षेत्रमा नया आयामलाई भित्र्याउनु, त्यो थियो नेपाल भरीका बाजा गाजाहरुलाई एकै ठाउमा राखी नेपाल र नेपालीलाई एकजुट हुन को सन्देश दिनु। हो आज हामी कुरा गर्दैछु नेपालको सबै भन्दा प्रख्यात नेपाली ईन्स्ट्रुमेन्टल ब्यान्ड र बिदेशी भुमीमा पनी नेपालको नामलाई ठुलो दर्जामा राखन सफल् भएको सांगितिक ब्यान्ड “कुटुम्ब”।

“कुटुम्ब” सांगितिक समुह आफैमा बिशिष्ट रहेको छ त्यस का पछाढी थुप्रै कारणहरु छन जसमा कुटुम्बले नेपालको तराई देखी हिमाल सम्मका सबै बाजाहरु लाई एकै ठाउ र स्टेजमा बजाउदा जुन किशीमको एउटा नेपालीपन जनमानसमा आउदछ त्यो धेरै प्रशन्सनिय रहेको छ। छोटकरीमा भन्दा कुटुम्बको संगितबाट नेपालीपनको पुर्ण आभाष हुने गर्दछ। त्यस्को अतिरिक्त कुटुम्बको संगितमा त्यस्तो जादु रहेको छ जसलाई सुनी सकेपछी सायद ननाचने कोही नै होलान।

सोही कुटुम्ब ले आज मात्र आफ्नो नया गित “छबी” को नया भिडिओ युटुब मा सार्बजनिक गरेकोछ। उक्त गितमा समुह का सबै कलाकार हरुलाई फिचर्ड गरिएकोछ।

उक्त भिडिओ गित आफै मा बिसिष्ट रहेकोछ र उक्त भिडो लाई नेपाल को मुस्ताङ क्षेत्रमा छायान्क गरिएकोछ। गित र धुन एक्दमै रमाईलो रहेकोछ। फेरि एकचोटी कुट्म्ब ले यो साबित गरेकोछ की नेपाली धुन भन्द मिठो धुन यो बिश्वमा कही पनी चैन। उक्त भिडिओ को छायान्कन मा मनिश पौडेल र रिपिस महर्जन ले निकै नै राम्रो कार्य गरेकाछन।

कुटुम्ब समुह लाई धेरै शुभकामना।

भिडिओ तल को लिन्क मा हेर्नुहोस

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *