बेलायत
बेलायत मा कोरोना भाईरस संक्रमण तिब्र रुपमा बढिरहेको अवस्था रहेकोछ र उक्त भाईरस संक्रमित दुईजना ब्यक्ती हरुको केही दिन अघी मृत्यु भएकोछ। हाल सम्म बेलायत मा कोरोना भाईरस संक्रमित को सन्ख्या २७३ पुगेकोछ। गएको २४ घन्टामा मात्र भाईरस बाट संक्रमित हुने को सन्ख्या ६७ बताईेकोछ, जसलाई अहिले सम्मको सबै भन्दा ठुलो बढोत्तरी मानिएकोछ।

ताजा जान्कारी अनुशार बिश्व प्रख्यात अकसफोर्ड बिश्वबिध्यालय मा अध्यनर्त एकजना छात्र पनी कोरोना भाईरस बाट संक्रमण भएको पुष्टी भएकोछ। बिश्वबिध्यालय का उप-कुलपति ले दिनुभएको जान्कारी अनुशार उक्त छात्र हाल सालै बिदेश भ्रमण मा रहेको र उक्त बिदेश यात्रा को दौरानमा संक्रमित भएको हुनसक्ने कुरा को खन्डन गर्नु भएकोछ। अहिले उक्त छात्र लाई सेल्फ अाइसोलेसन मा राखिएको बताईेकोछ।

बर्तमान समय मा बेलायतमा कोरोना भाईरसको त्रास जनमानषमा ब्यापक रुपमा देख्न सकिन्छ। कोरोना भाईरस का कारण ले बेलायत का जन्ता हरुले दैनिक उपभोगका सामाग्री हरु को जहेडा गर्न थालिसकेको देखिन्छ। बेलायत का डिपार्टमेन्टल स्टोर हरुमा अहिले ट्वाईलेट पेपर हरु, हाथ धुने साबुन हरु, सेनीटाईजर लगाय्त अन्य खाध्य सामाग्री हरु को अभाभ रहेकोछ। पसलहरुमा खाली रयाक बाहेक केही देख्न सकिन्न। सोही ब्याबहार लाई ध्यानमा राखी बेलायत का डिपार्टमेन्टल स्टोरहरुले अब हरेक ग्राहक हरुलाई केही तोकिएको मात्रामा सामन हरु उपलब्ध गराउने नियम लागु गर्ने योजना बनाईरहेकाछन।