एजेन्सी
तामीम इकबाल बङ्गलादेश क्रिकेट टोलीका नयाँ कप्तान नियुक्त भएका छन । मशरफे बिन मर्तजा कप्तानबाट राजिनामा गरेपछि तामीम कप्तानको जिम्मेवारीमा नियुक्त भएका हुन ।
बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हस्सनले तामीमलाई अन्तर्ाष्ट्रिय एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीमा नियुक्त गरिएको जानकारी दिएका हुन । उनले तामीमको समयावधी नतोकिएपनि उनलाई लामो समयसम्म कप्तानको रुपमा रहीरहने गरी नियुक्त गरिएको उल्लेख गरेका हुन।
मर्तजा बङगलादेश क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा सफल कप्तानको रुपमा चिनिन्छन । लामो समयसम्म लयविहीन हुन पुग्दा उनिमाथि राजिनामा गर्ने दबाब बढेको थियो ।
नयाँ कप्तानको रुपमा मुश्फीक्र रहिम र महम्मदुल्लाहको नामबारे चर्चा चलेपनि तामीमलाई जिम्मेवारी दीएको हो । ब्याट्सम्यानको रुपमा सात हजार रन पुरा गर्नुहुने बङ्गलादेशका पहिलो क्रिकेटको कीर्तिमान बनाएका उनि उत्कृष्ट ब्याटिङ लयमा छन।
सन् २०२० मा बङ्गलादेशले तीनवटा आयरल्याण्ड विरुद्ध र एुटा पाकिस्तानसँग गरी कुल चार अन्तर्ाष्ट्रिय एकदिवसीय मात्रै खेल्ने तालिका रहेको छ । प्रतिबन्धमा पर्नुभएका शकीब अल हसनले अक्टोबर महिनामा पुनरागमन गर्नुहुनेछ । पुनरागमनपछि कप्तानको दौडमा शकीबको नाम पनि आउनेछ ।