विश्व स्वास्थ्य संगठन (WHO) द्वारा कोरोना भाईरस को संक्रमण लाई माहामारी (प्यान्डमिक) घोषणा [भिडिओ]

समाचार स्वास्थ्य
शेयर गर्नु होला

चीन, ईरान र इटली मा महामारी बनेको कोरोना भाईरस लाई विश्व स्वास्थ्य संगठन (WHO) ले पनी महामारी घोषित गरेकोछ।

आज पत्रकार हरुलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठन का अध्क्षय डा। ट्रेदोस अधानोम घेब्रियसुस ले भन्नु भयो “हाम्रो आंकलन अनुशार कोविड्-१९ अब महामारी बनी सकेकोछ। स्वास्थ्य संगठन सम्पुर्ण विश्व भरि फैलीरहेको यस भाईरस को सक्रियता प्रती चिंतित छ। उक्त भाईरस को संक्रमण अब ठुलो र खतरनाक स्तर मा पुगीरहेकोछ”।

सोही कार्यक्रममा विश्व स्वास्थ्य संगठन का अध्क्षयले दिनु भएको जानकारी अनुशार हाल सम्म कोरोना भाईरस को संक्रमण बाट ११४ देशमा कुल ११८,००० जना ब्यक्ती हरु संक्रमित भैइसकेको र ४२९१ जना ले ज्यान गुमाईसकेका छन। आगामी दिन हरुमा अझै धेरै ब्यक्ती हरुको यस माहामारी बाट ज्यान जान सक्ने कुरा को जिकिर गर्नु भयो र साथै बिश्वका सम्पुर्ण रास्ट्र हरुलाई उक्त माहामारी प्रती सतर्कता अपनाउन र छिटो भन्दा छिटो माहामारी सङ लडनका लागी तयारी गर्न समेत सल्लाह दिनु भयो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *